टाइम्स र एन्जल्स हर्ट फाइनलमा

एन्जल्स हर्ट कप यु–१८ बास्केटबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै एन्जल्स हर्ट (कालो)

काठमाडौं (खेलदैनिक) । टाइम्स र आयोजक एन्जल्स हर्ट प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

टाइम्सले जुबिलियन्टलाई ५९–४३ ले पराजित ग¥यो । टाइम्सका मनीष तामाङले २१ अंक जोडे । एन्जल्स हर्टले नेबा ‘ए’ लाई ५५–४६ ले हरायो । एन्जल्स हर्टको जितमा निकेश मगरले २४ अंक योगदान गरे ।

पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगको महत्वहीन खेलमा जेभियर इन्टरनेसनल कलेजले एनसीसीएसलाई ३८–१७ ले पन्छायो । विजयी टिमका लागि आकृति मगरले ११ अंक जोडिन् ।

गल्र्समा साइपाल एकेडेमी विजेता र आयोजक एन्जल्स हर्ट उपविजेता हुँदै फाइनल पुगिसकेका छन् । फाइनल शुक्रबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...