आयोजक एन्जल्स हर्ट फाइनलमा

यु–१८ एन्जल्स हर्ट कप बास्केटबलको गल्र्समा एन्जल्स हर्ट (हरियो÷रातो जर्सी) र नासाका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक एन्जल्स हर्ट प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ ।

राउन्ड रोविन लिगमा दोश्रो हुँदै एन्जल्स हर्ट फाइनलमा पुगेको हो । एन्जल्स हर्टले उपाधिका लागि फाइनलमा साइपाल एकेडेमीसँग भिड्ने छ ।

मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीमा भएको खेलमा एन्जल्स हर्टले नासा इन्टरनेसनल कलेजलाई ३३–१७ ले पराजित ग¥यो । एन्जल्स हर्टकी विष्णु मगरले ९ अंक जोडिन् ।

पहिलो र दोश्रो क्वाटरमा क्रमशः ८–४ र ५–२ को अग्रता लिएको एन्जल्स हर्ट तेश्रोमा १०–११ को झीनो अन्तरले पछि प¥यो । एकपक्षीय चौथो क्वाटरमा एन्जल्स हर्टले १० स्कोर गर्दा नासा अंकविहीन रह्यो ।

आइतबारै भएको गल्र्सको अन्तिम खेलमा साइपालले एनसीसीएसलाई ५१–१३ को भारी अन्तरले हरायो । जितसंगै पाँच टिम सहभागी राउन्ड रोविन लिगमा साइपालले शीर्ष स्थान हासिल ग¥यो । साइपालको जितमा प्रतीक्षा मगरले १७ अंक योगदान गरिन् ।

साइपालले चार क्वाटरमा क्रमशः १२, १३, १६ र १० अंक जोड्दा एनसीसीएसले कुनैपनि क्वाटरमा दोहोरो अंक बनाउन सकेन । एनसीसीएसले चार क्वाटरमा २, १, ४ र ६ अंक बनायो ।


प्रतिक्रिया दिनुहोस

Loading...