लिभरपुल क्वाटरफाइनलमा

यु–१८ एञ्जल्स् हार्ट कप बास्केटबलको ब्वाइजमा लिभरपुलका अजय कुँवार राइजिङ स्टार विरुद्ध स्कोरको प्रयासमा ।

काठमाडौं (खेलदैनिक) । लिभरपुल इन्टरनेसनल कलेज प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीको कोर्टमा लिभरपुलले राइजिङ स्टारलाई ४९–३९ ले पराजित ग¥यो । लिभरपुलका लागि जेसाङ सुनुवारले २१ अंक जोडे । एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको राउन्ड रोविन लिगमा एन्जल्स हर्टले दोश्रो जित हात पारेको छ ।

एन्जल्स हर्टले जेभियर इन्टरनेसनल कलेजलाई ३३–३१ को झीनो अन्तरले हरायो । विजयी टिमका लागि विष्णु मगरले १० अंक योगदान गरिन् । शुक्रबारै हुने भनेको दुई खेल वर्षाका कारण सम्भव नभएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...