एन्जल्स हर्ट यु–१८ बास्केटबलतर्फ टाइम्स क्वाटरफाइनलमा

एञ्जल्स् हार्ट यु–१८ बास्केटबलमा आयोजक एञ्जल्स् हार्टका दिपिन मगर बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । टाइम्स इन्टरनेसनल कलेज प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगितामा टाइम्सले आयोजक एन्जल्स हर्टलाई ५६–३३ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । टाइम्सका आकाश मगरले १८ अंक जोडे । ब्वाइजको अन्य लिग खेलमा जुविलियन्ट, सीसीआरसी र जेभियर इन्टरनेसनल कलेजले जित हात पारे ।

जुविलियन्टले ज्ञान निकेतनलाई ६७–४८ ले हरायो । विजेताका प्रवीण राईले २५ अंक जोडे भने ज्ञान निकेतनका संकट भूमिले २६ स्कोर गरे । त्यस्तै सीसीआरसीले ह्वाइटहाउसलाई ६३–४४ ले पाखा लगायो । सीसीआरसीको जितमा आशिष बस्नेतले १७ अंक योगदान गरे ।

मोर्गन विरुद्धको खेलमा जेभियर इन्टरनेसनल ५१–४२ ले विजयी भयो । जेभियरका अमृत कोइरालाले १७ स्कोर गरे । गल्र्सको राउन्ड रोविन लिगमा नासाले जेभियरमाथि २४–१५ को जित निकाल्यो । नासाकी साधना घिसिङले १९ अंक जोडिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...