साइपाल एकेडेमीलाई सफलता

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमीले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ मंगलबार जित हात पारेको छ ।

मजमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीमा भएको राउन्ड रोविन लिगमा साइपालले नासालाई ३३–२१ ले पराजित ग¥यो । साइपालको जितमा प्रतीक्षा मगरले १६ अंक योगदान गरिन् । पहिलो क्वाटरमा ७–१ को अग्रता लिएको साइपाल दोश्रोमा ६–१० ले पछि प¥यो । तेश्रो क्वाटरमा साइपाल ९–८ को झीनो अन्तरले अघि रह्यो । साइपालले चौथोमा ११–२ को प्रदर्शन गर्दै जित सुनिश्चित ग¥यो ।

एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइजमा प्राइम, टाइम्स, जुबिलियन्ट र जेभियर इन्टरनेसनलले आ–आफ्नो खेल जिते । प्राइमले लिभरपुललाई ५४–४८ ले हरायो । प्राइमका शशि पराजुलीले २८ स्कोर गरे । मीनराज तामाङको २६ अंक सहयोगमा टाइम्सले ह्वाइट हाउसलाई ५८–३० ले पन्छायो ।

जुबिलियन्टले नेबा ‘ए’ माथि ५७–५५ को कठिन जित दर्ता ग¥यो । विजेताका प्रकाश खत्रीले २० अंक जोडे । नेबा ‘बी’ विरुद्धको खेलमा जेभियर इन्टरनेसनल ५३–४२ ले विजयी भयो । जेभियरका लागि सन्दिप श्रेष्ठले ९ स्कोर गरे । उता नेबा ‘बी’ का नम सुनारले १८ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।


प्रतिक्रिया दिनुहोस

Loading...