एसिया च्याम्पियनसिपका लागि ब्याडमिन्टन खेलाडी छनौट

काठमाडौं (खेलदैनिक) । ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघले समान ३–३ पुरुष तथा महिला खेलाडी छनोट गरेको छ ।

पुरुषमा प्रफुल्ल महर्जन, जीवन आचार्य र प्रवीण लिम्बू तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखिया छनोट भएको ब्याडमिन्टन संघका सचिव एवं छनोट संयोजक नवीनविक्रम शाहले जनाएका छन् । खेलाडीले यु–१९ उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार सम्पन्न तीनदिने छनोटमा पुरुष÷महिलामा क्रमशः ९ र ६ खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी छनोट भएका हुन् । च्याम्पियनसिप जुलाई २२ देखि ३० तारिखसम्म इन्डोनेसियाको विन्टोरोमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...