पुष्पलाल ब्याडमिन्टनलाई अब लिनिङ्गको साथ

काठमाडौं (खेलदैनिक) । ११ औं पुष्पलाल स्मृती ¥याङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङ्गले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङ्गले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए ।

लिनिङ्गको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितालाई लामो समयदेखि ब्याडमिन्टन खेलमा स्थापित ब्राण्ड योनेक्सले प्रायोजन गर्दै आईरहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगितालाई नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले साथ दिंदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ । प्रतियोगिताको छिटपुट बाहेक अन्य सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् । ललितपुर जिल्लाको नखिपोटमा आयोजना हुने प्रतियोगिता फागुण ३ गते देखि ७ गते सम्म संचालन हुने छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका ),

पुरुष एकल (१६ औ बरियता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने भएको छ ।

कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल ( राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका ) र महिला एकल ( १२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गर्ने छन् ।

यस्तै लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गर्ने छन् । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन् । यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यस्तै अन्य विधामा पुरुष एकल (उच्च १६ देखि बाहेक) र महिला एकल (उच्च १२ देखि बाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ बर्ष माथी र मास्टर्स युगल ५५ बर्ष माथिका बिजयीले क्रमश प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् ।

यु १७ पुरुष तथा महिला एकल तर्फ बिजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । यसका साथे बिजयीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलाडीहरुको बिहानको खानाको ब्यवस्था आयोजकले गर्ने महासचिव शाक्यले जानकारी गराए ।

नेपालमा ब्याडमिन्टनको विकास र विस्तार गर्ने क्रममा खेलाडीहरुको बरियता निर्धारण गर्ने र सिमित मात्रामा भए पनि आर्थिक सहयोग होस भन्ने उद्धेश्यले प्रतियोगितामा सहभागिता जनाए बापत खेलाडीहरुले नगद प्राप्त गर्ने प्रावधानलाई प्रचलनमा ल्याउने राष्ट्रिय ब्याडमिन्टन संघ पहिलो संस्था हो ।


प्रतिक्रिया दिनुहोस

Loading...