रशिला बिश्व वरियताको ७ औं स्थानमा

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व बरियतामा जुनियर महिला युगल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी रशिला बिश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले प्रेश बिज्ञप्ती जारी गर्दै महर्जनलाई बिश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस भन्दै शुभकामना ब्यक्त गरेको छ ।

साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी ब्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघ माथी खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरुको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने बिज्ञप्तीमा जनाएको छ ।

बिश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...