कृष्ण र दीपकको जोडी पहिलो

काठमाडौ (खेलदैनिक) । कृष्ण खतिवडा र दीपक लामाको जोडी कागेश्वरी मनोहरा वडा नं. ६ स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा मंगलबार पहिलो भएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ कार्यालयको आयोजना तथा घनमंगल युथ फोरम सोसाइटीको सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा कृष्ण र दीपकको जोडीले विश्वनाथ खनाल र ध्रुव खड्काको जोडीलाई २१–१५ र २१–१५ को सोझो सेटमा पराजित गरे । देविन्द्र राई र रमेश तामाङको जोडी तेश्रो भए ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुररस्कार हात पारे । भेट्रान डबल्समा रमेश खनाल र विनोद थापाको जोडी च्याम्पियन बने ।

कृष्ण खतिवडा उत्कृष्ट खेलाडी घोषित भए भने देविन्द्र राईले उदीयमान खेलाडीको उपाधि चुमे । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज २१ गतेदेखि सुरु प्रतियोगितामा १८ जोडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...