दीपक र भवानीको जोडी फाइनलमा

काठमाडौं (खेलदैनिक) ।दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे । फाइनलमा उनीहरुको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसंग हुने छ ।

अर्को सेमिफाइनलमा प्रकाश र कुमारको जोडीले टंक पराजुली र विश्व पौडेलको जोडीलाई १८–२१, २१–१४ र २१–१४ को सेटमा हराएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...