प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे ।

मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा टंक पराजुली र विश्व पौडेलको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–१७ र २१–१६ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

कृष्ण खतिवडा र विकास न्यौपाने पनि क्वाटरफाइनलमा पुग्न सफल भए । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा १२ जोडी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...