दुबईमा प्रिन्सलाई ऐतिहासिक सफलता

काठमाडौं (खेलदैनिक) । नेपाली सेनाका उदयीमान युवा खेलाडी प्रिन्स दाहालले दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका छन् । नेपाली खेलाडीले जितेको यो ऐतिहासिक स्वर्ण समेत हो ।

यू(१९ समूहमा भिडेका दाहालले आइतबार भएको फाइननल भिडन्तमा विश्वको नवौं वरियतामा रहेका भारतका वरुण कपुरलाई २–० को सेटमा हराए । एनएएस स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा प्रिन्सले २१–१९ र २१–१९ को सेटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भए ।

स्मरण रहोस, प्रिन्सले गत वर्ष यू–१५ को उपाधि जितेका थिए भने यू–१९ मा डबल्सतर्फ रजत पदक जित्न सफल भएको थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...