दुबई ईन्टरनेशनलमा नेपालका प्रिन्स तीन विधामा अन्तिम चारमा

काठमार्डाैं (खेलदैनिक) । नेपालका उदयीमान खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सिरिज २०१९ को यु १९ एकल, युगल तथा मिश्रीत युगल तीनै विधामा अन्तिम चारमा पुग्न सफल भएका छन् ।

अघिल्लो संस्करणका विजेता प्रिन्सले शनिबार सम्पन्न खेलमा भारतका रोहन गुरवानीलाई २१ । १६, २४ । २२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । दाहालले फाईनल प्रवेशका लागि बशन्त कुमार राजेन्द्रन संग प्रतिस्पर्धा गर्ने छन् ।

प्रिन्सले दुवईका नवाह नजिव संग मिलेर पुरुष युगलमा पनि जित निकाले । उनको जोडीले भारतका तान्मोई विकास वोरुहा तथा ऐयाद रशिदको जोडीलाई २१ । ११, २१ । १६ ले पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । अव दाहाल जोडीले फाईनल प्रवेशका लागि गालुवा दुई पुत्र र गाब्रियल क्रिस्टोफर विन्तान विजायको जोडी संग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै प्रिन्सले दुवईमानै रहेकी महेन्द्र नगरकी सानिया चन्द संग मिलेर दुवईका बशन्त कुमार राजेन्द्रन र तनिका नितु सकिरालाई ९ । २१, २१ । १९, २१ । १६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरको प्रिन्सका प्रशिक्षक एवं मामा कमलेश निरौलाले जानकारी गराए । अव प्रिन्स र चन्दको जोडीले फाईनल प्रवेशका लागि इन्डोनेसियाका गलुह दुई पुत्र र जैनवा रिम सिराज संग प्रतिपर्धा गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...