रोशन र ठिम कुमारी च्याम्पियन

काठमाडौं (खेलदैनिक) । कान्तिपुर इंग्लिस स्कुलका रोशन पोखरेल र दिपज्योति आवासिया माविकी ठिम कुमारी अढाई टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको ब्याडमिन्टनमा च्याम्पियन बनेका छन् ।

रोशन ब्वाइज एकल र ठिम कुमारी गल्र्स एकलमा सोमबार च्याम्पियन बनेका हुन् । ब्वाइज एकलमा रोशनले चण्डेश्वरी स्कुलका सुनिल डंगोललाई पराजित गरे । विजय तामाङले तेस्रो स्थान हात पारे । गल्र्स एकलमा ठिम कुमारीले अमर स्कुलका सुप्रिया श्रेष्ठलाई पराजित गर्दै उपाधि जितिन् ।

बेबील्यान्डकी प्रतीक्षा श्रेष्ठले तेस्रो स्थान हात पारिन् । ब्वाइज डबल्र्समा तिलिङ्गाटारका सन्दीप लोहनी र समि चौधरीको जोडीले लक्ष्मीपुरका राजु डंगोल र साजन श्रेष्ठको जोडीलाई पराजित गर्दै उपाधि हात पारे । माउन्ट ग्लोरीका श्याम चौधरी र बिमस थापाको जोडीले तेस्रो स्थान हात पारे ।

गल्र्स डबल्र्समा मनोहर माविकी बिना राई र कुशिला राईको जोडीले विन्दा वासिनीकी अल्पा डंगोल र निर्जला डंगोलको जोडीलाई पराजित गर्दै च्याम्पियन बनिन् । अंकुर पदवीका दीपिका अधिकारी र प्रविना विष्टले तेस्रो स्थान हात पारिन् ।

प्रतियोगितामा मंगबार रग्वीका खेलहरु हुनेछ । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरका विभिन्न विद्यालयको संयोजनमा अन्तर स्कुल स्तरीय चार विधामा प्रतिस्पर्धा भएको थियो । विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गत ६ असारबाट शुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...