अमर माविको तीनै टोली क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । अमर मावि स्कुल टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको ब्याडमिन्टनको ब्वाइज एकल, गल्र्स एकल र गल्र्स डबल्सको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

आइतबार भएको ब्वाइज एकलमा अमर माविले सौर्य कुन्जलाई तथा गल्र्स एकलमा मनोहर माविलाई पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

यस्तै ब्वाइज एकलमा सरस्वती, चन्डेश्वरी, नेपाल मोडेल, तिलिङ्गाटार, कान्तिपुर, लक्ष्मीपुर र मनोहरले क्वाटरफाइनलमा स्थान बनाए । गल्र्स एकलमा कान्तिपुर इंग्लिस एकेडेमी, बेबील्यान्ड, तिलिङ्गाटार, चन्द्रविन्दु, माउन्ट ग्लोरी, विन्दावासिनी र दिपज्योतिले अन्तिम आठको यात्रा तय गरे ।

ब्वाइज डबल्समा जाल्पा माविले ग्रीनल्यान्ड मावि, मनोहरले झोर महांकाल, अंकुर पदवीले ओडिसी एकेडेमी र तिलिङ्गाटारले कान्तिपुर इंग्लिस एकेडेमीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

त्यस्तै दिपज्योतिले पब्लिक मावि, माउन्ट ग्लोरीले सौय कुन्ज मावि, विन्दावासिनीले नेपाल मोडेल र लक्ष्मीपुरले चन्द्रविन्दुलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे । गल्र्स डबल्समा मनोहर, अमर मावि, अंकुर पदवी, तिलिङ्गाटार, विन्दावासिनी, निर्मल वाटिका, चन्द्रविन्द र लक्ष्मीपुरले क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...