मिन कुमारी र सिंहको जोडीलाई उपाधि

ललितपुर (खेलदैनिक) । मिन कुमारी राई र केएल सिंह सुनुवारको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत मिक्स डबल्सको उपाधि जितेका छन् ।

मानभवन नरपार्क्स्थित ब्याडमिन्टन कोर्टमा शुक्रबार मिन कुमारी र केएल सिंहले तारा राई र अमर सिंहलाई हराएर उपाधि जिते । समूह ’बी’ बाट उपाधि जित्ने क्रममा मिन कुमारी र केएलले तारा र अमरलाई २१–१८,२१–१४ र २१–१६ को सेटमा हराए ।

पुरुष डबल्समा सुजन राई र राकेश भट्टराई फाइनलमा पुगे । सुजन र राकेशले कालिदास राई र अम्बर राईको जोडीलाई २१–१७ र २१–१२ को सेटमा पराजित गरे ।

यस्तै समूह ’ए’ को पुरुष एकलमा सुजन राई र हेमन्त थेबले प्रतिस्पर्धा गर्ने छन् । समूह ’ए’ कै पुरुष डबल्सको फाइनलमा सुजन राई राकेश भट्टराईको जोडी तथा रञ्जित घतानी र सुबास लिम्बुबीचको विजेताले खेल्ने छ ।

मानभवन ब्याडमिन्टन क्लबको आयोजनामा जारी प्रतियोगिता शनिबार सम्म चल्ने छ । प्रतियोगितामा एकल, युगल र मिक्स डबल्समा प्रतिस्पर्धा भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...