प्रदेश ५ छनोट : बाकेका संझना र ईरफानलाई उपाधि

प्रदेश ५ बाट छनोट भएका ब्याडमिन्टन खेलाडी ।

भैरहवा (खेलदैनिक) । प्रदेश ५ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला तथा पुरुष एकल तर्फको दुबै उपाधि बाके जिल्लाका खेलाडीले जितेका छन् ।

बिहीबार भैरहवा ब्याडमिन्टन क्लबको कभर्ड हलमा सम्पन्न फाईनलमा महिला एकलतर्फ बाकेकी संझना शर्माले आफनै जिल्लाकी समिक्षा न्यौपानेलाई २–०को सोझो सेटले पराजित गर्दै प्रदेश बिजेता बनेकी हुन् । सेमिफाईनलमा संझनाले बाकेकै टिला न्यौपाने तथा समिक्षाले रुपन्देहीकी पूजा बिष्टलाई हराई फाईनल प्रबेश गरेका थिए । टिला र पूजा तृतिय भए ।

उता पुरुष एकल तर्फको फाईनलमा बाकेका ईरफान अन्सारीले रुपन्देहीका गणेश रायमाझीलाई २१ः१३, २१ः१५ अंकमा २–० सेटले पराजित गर्दै बिजेता बनेका छन् । सेमिफाईनलमा ईरफानले रुपन्देहीका बिस्वास नेपाललाई २१ः९, २१ः१४ अंकले २–० सेटमा र गणेशले बाकेका विलाल वारीसलाई २१ः११, २१ः१४ अंकमा २–० सेटलेनै पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए ।

पुरुष एकलमा सेमिफाईनलमा पराजित बिस्वास र विलाल दुबै जना तृतिय भएका थिए । प्रतियोगितामा बिजेताहरुलाई मुख्य अतिथी रुपन्देही जिल्ला ब्याडमिन्टन संघका बरीष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, जिल्ला खेलकुद बिकाश समिती रुपन्देहीका कार्यालय प्रमुख संगम सिंह थापा, साल्ट ट्रेडिंग कार्यालय लुम्बिनी अञ्चलका काबा प्रमुख धन बहादुर गुरुंग लगायतले पदक, प्रमाणपत्र प्रदान गरेका थिए ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ५ बाट ब्याडमिन्टन खेलाडी छनौट गर्न आयोजना भएको प्रादेशिक प्रतियोगिता सम्पन्न भए संगै ब्याडमिन्टनमा सहभागिता जनाउने महिला तर्फका ५ र पुरुष तर्फका ७ खेलाडी गरी जम्मा १२ जना खेलाडी बुधबारनै छनौट भैसकेकोे रेफ्रि उदय अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...