नेपालको चुनौती समाप्त

काठमाडौं (खेलदैनिक) । बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ ।

पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भए । महिला डबल्समा नेपालका नङशल तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ ले हारे । त्यस्तै मिक्स डबल्समा नेपालका दीपेश र अमिताको जोडी मलेसियाका हु पाङ रोन र छे यि सीसंग ८–२१ र ९–२१ ले चुके ।


प्रतिक्रिया दिनुहोस

Loading...