नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाली ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा हुने नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्ने छिन् । मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने बंगलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रीत युगलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक सुभाष श्रेष्ठले जानकारी गराए ।

ब्याडमिन्टन अम्पायर अर्याल, थापा र शाक्य बंगलादेश प्रस्थान

बंगालादेश ब्याडमिन्टन संघको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तराष्ट्रिय अम्पायरहरु उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि आजै त्यस तर्फ प्रस्थान गरेका छन् ।

ब्याडमिन्टन एशियाबाट मान्यता प्राप्त तीन नेपाली अन्तराष्ट्रिय अम्पायरहरुले बंगलादेशमा मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” र पौष ३ देखि ८ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय जुनियर सिरिज २०१८” का प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

थापा ब्याडमिन्टन एशियाका सर्टिफिेकेटेड अम्पायर हुन् भने अर्याल र शाक्य एग्रिगेटेटेड अम्पायर हुन् । थापा र अर्यालले मुलुक बाहिर थुप्रै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । शाक्यले भने ब्याडमिन्टन एशियाको मान्यता प्राप्त गरे पश्चात पहिलो पटक मूलुक बाहिरको प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...