नेपाल ईन्टरनेशनल सिरिज मंगलबारदेखि

काठमाडौं (खेलदैनिक) । बिश्व ब्याडमिन्टन महासंघको स्विकृत तथा ब्याडमिन्टन एशियाको कार्यक्रम ‘योनेक्स सनराईज ईन्टरनेशनल सेरिज – २०१८’ मंगलबारदेखि काठामाडौंमा शुरु हुने भएको छ । यो नेपालमा आयोजना भएको लगातार तेश्रो अन्तर्राष्ट्रिय सिरिज हो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित विभिन्न २० राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सह महासचिव लव भक्त श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा हुने प्रतियोगितामा पुरुष तथा महिला एकल तथा युगल तथा मिश्रीत युगल गरि ५ विधामा पुरुष तर्फ १०६ र महिला तर्फ ७२ गरि १७८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले बताए ।

बिश्व ब्याडमिन्टन महासंघको वरियतामा रहने प्रतियोगितामा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, बंगलादेश र मालदिभ्स लगायत मरिसस, भियतनाम, मलेसिया, ईरान, बहराईन, अष्ट्रेलिया, युएसए, जर्मनी, म्यानमार, मंगोलिया, थाईल्याण्ड, फ्रान्स र सिंगापुरले सहभागिता जनाउने संघले जानकारी गराएको छ ।

कुल १० हजार डलर पुरस्कार राशी रहेको प्रतियोगितामा पुरुष र महिला एकलतर्फ पहिलो हुनेले ७ सय ५० डलर, दोश्रोले ३ सय ८० डलर, सेमिफाईनलिष्ट प्रत्येक दुईले १ सय ४५ डलर, क्वाटरफाईनलिष्टले ६० डलर तथा प्रिक्वाटरफाईनलिष्टले ३५ डलर प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगल, महिला युगल र मिश्रीत युगल तर्फ प्रथम स्थान हात पार्नेले ७ सय ९० डलर, दोश्रो स्थान हात पार्नेले ३ सय ८० डलर, तृतीय स्थान हात पार्ने दुई जोडीले १ सय ४० डलर, क्वाटरफाईनल प्रवेश गर्नेले ७२.५० डलर तथा प्रिक्वाटरफाईनल प्रवेश गर्नेले ३७.५० डलर प्राप्त गर्ने छन् । उक्त प्रतियोगताको लागि खेलाडी तथा अफिसियलहरु नेपाल आउने क्रम सुरु भईसकेको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...