१० औं यल कप : सौगात र श्रवण प्रिक्वाटरमा

काठमाडौं (खेलदैनिक) । नगबहालका सौगात शाक्य र श्रवण शाक्य “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को यु –१५ मा प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् । सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा श्रवणले अल्कोका निर बज्राचार्यलाई २१–७ र २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । 

यस्तै भिन्छेबहालका मौलिक बज्राचार्यले नागबहालका राहुल डङ्गोललाई २१–१५, २१–११ ले, नागबहालका नुजल शाक्यले दथुलंका दिप्लभ तण्डुकारलाई २१–७, २१–४ले, चाकुपाटका सुजल शाक्यले नागबहालका आयुष धाख्वालाई २१–७, २१–११ले, नागबहालका आर्यन महर्जनले भिन्छे.बहालका बिशेष बज्राचार्यलाई २१–८, २१–११ ले पाखा लगाउंदै अन्तिम १६ प्रवेश गर्न सफल भए ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडी तथा चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी पनि अन्तिम १६ मा पुगेका छन् । डङ्गोल र शाक्यको जोडीले प्रयाग पोखरीका सुमल खड्गी र मनोज मानन्धरको जोडीलाई २१–१३, २१–१४ तथा ताम्राकारको जोडीले ईखाछेंका जुवान तण्डुकार र रविन्द्र बज्राचार्यको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पाखा लगाए । यसैगरि ओकुबहालका उमित शाक्य र राजेश शाक्यको जोडीले दथुलंका मनोहर शाक्य र नविन महर्जनको जोडीलाई २१–१८, २१–८ले पराजित गरे ।

प्रि क्वाटर प्रवेश गर्ने क्रममा दथुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडीले गुईटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीलाई २१–४, २१–१०ले तथा प्रदीप शाक्य र जगदिश्वर महर्जनको जोडीले गुईटोलकै रिजन महर्जन र ईश्वर महर्जनको जोडीलाई २२–२४, २१–१७, २१–१४ले, भिन्छेंबहालका सन्त आर. बज्राचार्य र अनिल बज्राचार्यले चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीलाई २१–१९, २१–१७ ले, नागबहालका बिपिन शाक्य र सुसन शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र बिक्रम शाक्यको जोडीलाई २१–१२, २१–१६ ले तथा सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले अग्निशालका सुरेष बस्नेत र अनुप बस्नेतको जोडीलाई १५–२१, २१–१२ र २१–१२ ले पराजित गरे ।

यसैगरि भेट्रास्न जोडी तर्फ नागबहालका सुमन शाक्य र रत्नकाजी शाक्य, दथुलंका राजेश महर्जन र सानुकाजी महर्जन तथा प्रदीप शाक्य र कृष्ण महर्जनको जोडी अन्तिम ८ मा स्थान बनाउन सफल भए । शाक्य जोडीले चाकुपाटका मनिष बहादुर श्रेष्ठ र सुमन धाख्वाको जोडीलाई २१–१२, २१–१०ले, महर्जन जोडीले सासु नानीका रोशन शाक्य र अरुण शाक्यको जोडीलाई २१–९, २२–२० तथा शाक्य र महर्जन जोडीले तिचुगल्लीका विभुषण ताम्राकार र रुपेन राजकर्णिकारको जोडीलाई २१–१४, २१–१५ ले पाखा लगाए ।


प्रतिक्रिया दिनुहोस

Loading...