नेपाली ब्याडमिन्टन टोली भारत प्रस्थान

बैंगलोर जाने ब्याडमिन्टन टोली ।

काठमाडौं (खेलदैनिक) । जुनियर खेलाडीको अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली सोमबार भारतको बैंगलोर प्रस्थान गरेको छ ।

दक्षिण एसियाली राष्ट्रका खेलाडीको सहभागिता रहने तीन साताको यो शिविरमा पुरुषतर्फ प्रफुल्ल महर्जन र रुपेश महर्जन तथा महिलामा रशिला महर्जन र सीमा राजवंशीले सहभागिता जनाउने छन् । प्रशिक्षकमा राजेशप्रताप श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...