नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनमा भारतीय खेलाडीहरुको वर्चश्व (फोटो फिचर्स)

काठमाडौं (खेलदैनिक) । योनेक्स सनराईज नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा भारतीय खेलाडीहरुले बर्चश्य जमाएका छन् ।

आइतबार सम्पन्न पुरुष सिंगल्सको उपाधि एस जैसवालले जितेका छन् । उनले फाइनलमा भारतकै एल सारङदाक्ष्ए २१–१०, २१–१० को स्कोरमा हराउँदै पुरुष सिंगल्सतर्फको उपाधि जिते ।

त्यस्तै महिला सिंगल्सको उपाधि भने चीनकी डेङ जोए चुवानले जितेकी छिन् । फाइनलमा उनले इरानी प्रतिद्वन्द्वीलाई २१–१२ र २१–५ को सेटमा हराईन् ।

त्यसैगरी महिला डबल्सको उपाधि भारतकै अर्पना बालन र श्रुती केपीको जाडेीले जितेका छन् । फाइनलमा उनीहरुले भारतकै एच भेलुदुर्थी र करिश्मा वाडकरको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गरे ।

त्यस्तै मिक्स डबल्सको उपाधि पनि भारतकै भि. देभ्लेकर र एच भेलुदर्थीले जितेका छन् । फाइनल भिडन्तमा उनीहरुले नेपालका दिपेश धामी र शोभा गौचनको जोडीलाई २१–१५ र २१–७ ले पराजित गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...