नेपाल अन्तरराष्ट्रिय सेरिज ब्याडमिन्टनको तयारी पूरा

नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको तयारीमा खेलाडी ।

काठमाडौं (खेलदैनिक) । नेपाल ब्याडमिन्टन संघले बार्षिक रुपमानै अन्तरराष्ट्रिय प्रतियोगितालाई  आयोजना गर्ने अभियान स्वरुप आफ्नो क्यालेन्डरमा राखेको अन्तराष्ट्रिय सेरिज यस बर्ष पनि आयोजना गर्न लागेको छ ।

यहि पौष ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा आयोजना हुने प्रतियोगिताको करिव सम्पूर्ण तयारी पुरा भएको छ । ‘हामीले प्रतियोगिताको लागि आवश्यक करिव सम्पूर्ण तयारी पुरा गरि सकेका छौं । अव छिटपुट कामहरु बाँकी छ त्यसलाई पनि समयमै पुरा गर्दछौं’ – नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले बताए ।

नेपालले अघिल्लो बर्ष आयोजना गरेको अन्तराष्ट्रिय सिरिज सफलतापूर्वक सम्पन्न गरेकाले यस बर्ष पनि नेपाललाई विश्व ब्याडमिन्टन महासंघ र एशियाली ब्याडमिन्टन महासंघले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न स्विकृती प्रदान गरेको हो ।

त्यसकै फलस्वरुप अघिल्लो बर्ष दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, मालदिप्स र एयिशाका गरि ८ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा यस बर्ष दक्षिण एशियाका श्रीलङका बाहेकका ६ राष्ट्र एयिशाका दक्षिण एशिया बाहेकका अन्य १० राष्ट्र, ओसियानाबाट अष्ट्रेलिया र उत्तर अमेरिकाबाट चिलीले समेत सहभागिता जनाउने प्रतियोगिताका डेपुटी रेफ्रि एवं नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लव भक्त श्रेष्ठले जानकारी गराए ।

प्रतियोगिताको स्तर बृद्धि संगै पुरस्कार राशीमा समेत बृद्धि गरिएकोछ । अघिल्लो संस्करणमा ६ हजार डलर पुरस्कार राशी रहेकोमा यस बर्ष खेलको स्तर बृद्धिसंगै पुरस्कार राशीमा पनि बृद्धि गर्दै ८ हजार डलर पुरस्कार राशी राखिएको छ – श्रेष्ठले बताए ।

यस पटक पनि यस प्रतियोगितालाई अन्तराष्ट्रिय खेल सामाग्री उत्पादन कम्पनी योनेक्सले प्रायोजन गर्ने भएको छ । त्यसका लागि नेपालमा योनेक्सको आधिकारीक विक्रेता सनराईजले त्यसको सम्पूर्ण कार्य गरिसकेको छ । जसमा खेलाडीहरुलाई ६० हजार बराबरको खेल सामाग्री प्रदान गरिसकेको छ भने, प्रतियोगिताको लागि आवश्यक सटल कर्क र ६ हजार पुरस्कार राशी योनेक्सले प्रदान गर्ने छ । पुरस्कार राशीका बाँकी २ हजार डलर नेपाल ब्याडमिन्टन संघले व्यहोर्ने समेते डेपुटी रेफ्री श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा पुरुष÷महिला एकल र जोडी तथा मिक्स गरि कुल ५ विधामा १८ राष्ट्रका २२५ खेलाडीहरुले सहभागिता गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । जसमा भारतबाट ९० खेलाडीहरुले सहभागिता जनाउने छन् । नेपालले उक्त प्रतियोगिताका लागि १२ महिला र २० पुरुष खेलाडीलाई कोर्टमा उतार्ने भएको छ ।

नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको तयारीमा खेलाडी ।

नेपालले पनि आफ्ना खेलाडीहरुलाई यस अन्तरराष्ट्रिय सिरिजमा उतार्नका लागि बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण प्रदान गरिरहेको छ । विहान र बेलुका गरि दुई चरणमा खेलाडीहरुलाई प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षकहरु किरण थापा र जयन्त श्रेष्ठले पूर्व प्रमुख प्रशिक्षक उदय श्रेष्ठको निगरानीमा प्रशिक्षण प्रदान गर्दै आई रहेका छन् ।

यस सिरिजको पहिलो सस्करणमा पुरुष एकलमा भारतका अभिषेक येल्गार र महिला तर्फ भियतनामकी थुईलिन न्ह्येनले उपाधी हात पार्न सफल भएका थिए । यस्तै जोडी तर्फ पुरुषमा भारतका अर्जूृन एमआर र रामचन्द्रन स्लोक र महिला तर्फ भारतकै मेधना जकमपुडी र एस राम पूर्विसाले जित हात पारेका थिए । मिक्स जोडी तर्फ पनि भारतका सौरभ शर्मा र अनष्का पारेखको जोडीले सफलता हात पारेको थियो ।

प्रतियोगितालाई स्वच्छ र निश्पक्षताका साथ सम्पन्न गर्नका लागि एशियाली ब्याडमिन्टन महासंघका तर्फबाट निर्णायक टोली सोमबार अपरान्ह १२ ः ०० बजे काठमाण्डौ आई पुग्ने छन् । यस्तै प्रतियोगितामा सहभागी हुन पहिलो टोलीको रुपमा भियतनामका टोली बेलुका ८ ः ३० बजे काठमाण्डौ आई पुग्ने छन् ।

यस्तै अन्य राष्ट्रका टोलीहरु मंगलबार काठमाण्डौ आई पुग्ने कार्यक्रम रहेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ । पौष ५ गते उद्घाटन हुने प्रतियोगिता ५ दिन सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...