ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

ब्याडमिन्टन खेलाडी सामाग्री वितरणपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । योनेक्स सनराइजले ब्याडमिन्टन खेलाडीलाई बिहीबार एक कार्यक्रमकाबीच विभिन्न खेल सामाग्री प्रदान गरेको छ ।

आगामी बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो ।

नेपालको प्रतिनिधित्व गर्ने २१ पुरुष र ११ महिला गरी ३२ खेलाडीलाई सामाग्री प्रदान गरिएको प्रतियोगिता आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई ६० हजार मूल्य बराबरको खेल सामाग्री एक कार्यक्रमबीच हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...