योनेक्स सनराईज पुष्पलाल ब्याडमिन्टनमा सेनाको बर्चस्व

ब्याडमिन्टनका विभिन्न स्पर्धाका पदक विजेता खेलाडीहरु सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो बर्चस्व कायम गरेको छ । प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो ।

यसका साथै तामाङ्ग दिदि भाईले आफ्नो उपाधी जोगाउन समेत सफल भएका छन् । सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गल्र्स यु–१७ र यु–१५ एकलमा जित हात पारेको हो । ९ विधा मध्ये २ विधा ब्वाईज यु–१५ एकल र भेट्रान्स ४५ माथिको विधामा मात्र सेना पछाडी परेको थियो ।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा सेनाका साविक विजेता रत्नजित तामाङ्गले सेनाकै नविन श्रेष्ठलाई २३÷२१ र २१÷१७ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् ।

यस्तै महिला एकल तर्फ पनि साविक विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङ्गले आफ्नै क्लबकी अमिता गिरीलाई २१÷१४, १९÷२१ र २१÷८ को जित हात पार्दै उपाधी रक्षा गरिन् । विजेताले नगद ५० हजार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तृतीय स्थान हात पार्ने खेलाडीहरुले नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पुरुष जोडी तर्फको उपाधी पनि सेनाको पोल्टामा गयो । सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले पुलिसका बिष्णु कटुवाल र दिपेश धामीको जोडीमाथि २१÷१७, २१÷१८ को सोझो सेटमा पाखा लगाउन सफल भए ।

खेल सामाग्री निर्माता अन्तराष्ट्रिय संस्था योनेक्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला जोडी तर्फ सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङ्गको जोडीलाई २१÷११, १६÷२१ र २१÷१४ ले पराजित गरे ।

यस्तै ब्वाईज यु–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१÷२३, २१÷१६ र २१÷१५ले, ब्वाईज यु–१७ मा सेनाका प्रफुल महर्जनले सेनाकै पविन लिङ्गथेपलाई २१÷९, २१÷१६ले पराजित गर्दै उपाधी हात पारे । गल्र्स यु–१५ र १७ एकल दुवैमा सेनाकी रसिला महर्जनले जित हात पारिन् । उनले यु–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१÷१२, २१÷१७ ले तथा यु–१७ मा बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१÷१०, २१÷६ ले पराजित गर्दै प्रथम स्थान हात पारिन् ।

ब्याडमिन्टन सिंगल्स विजेता रत्नजित तामाङ र नङ्शल तामाङ उपाधिसहित तस्विर खिचाउँदै ।

विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १० हजार, ७ हजार र ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई गल्र्स १५ एकलमा सेनाकी रसिला महर्जनले जेष्ट ब्याडमिन्टन एकेडेमीका रञ्जना भट्टलाई २१÷१०, २१÷१२ को सेटमा पराजित गर्दै जित आत्मसाथ गरे । विजयी खेलाडीहरुले खेल सामाग्री प्राप्त गरे ।

कम्निष्ट पार्टीका संस्थापक नेता पुष्पलालको संझनामा २०६६ सालमा रेकिंङ प्रतियोगिताको रुपमा सुरु भएको प्रतियोगिता छैटौं संस्करणमा आई पुग्दा खुला प्रतियोगिताको रुपमा संचालन हुनुका साथै यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय संस्थालाई प्रायोजकको रुपमा पाएको छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको अर्को संस्करण मोफसलमा आयोजना गरिने नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए । मोफसलमा पनि ब्याडमिन्टन खेलको विकास र विस्तारमा यस खेलले महत्वपूर्ण योगदान गर्ने विश्वासका साथ अर्को संस्करण देखि मोफसलमा यस खेललाई आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...