रत्नजित र दिपेश क्वार्टरफाइनलमा

अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडडिन्टन प्रतियोगिताको तेस्रो दिन पनि नेपाली खेलाडीले आफ्नो बर्चस्व कायम राखेका छन् । हल्चोक स्थित एपीएफको कभर्डहलमा सोमबार भएको खेलमा पुरुष एकल खुलातर्फ नेपालका शिर्ष वरियताका रत्नजित तामङ र दोस्रो वरियताका दिपेश धामी क्वार्टर फाइनलमा प्रवेश गरे ।

त्रिभुवन आर्मी क्लबका रत्नले नेपाल पुलिस क्लबका गौतम कठायतलाई २१–१९, २१–१७ को सोझो सेटमा हराए । पुलिसका दिपेशले भारतका रञ्जन बुरागाईलाई २१–१३, २१–१८ ले हराए ।

पूरुष एकलकै अन्य खेलमा एपीएफ क्लबका साजन ताम्राकारले आर्मीका प्रफुल्ल मर्हजनलाई २१–१०, २३–२१ को सेटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाए । अर्को खेलमा आर्मीका नविन श्रेष्ठले एपीएफका सुमन लिम्बुलाई २१–१४, २१–१७, पुलिसका विष्णु कटुवालले एपीएफका सुदिप सेडाईलाई २१–२३, २१–१८, २१–१६ को सेटमा हराए ।

सोही स्पर्धाको अन्य खेलमा पाकिस्तानका अजिम सरवारले एपीएफका विजित थापामगरलाई २१–१८, २१–१५ तथा पाकिस्तानकै नुरद अलीले श्रीलंकाका नम्बर एक खेलाडी रनथुस्का करुनाथिलाकालाई २१–१३, २१–१७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

महिलातर्फ आर्मीको दवदबा

प्रतिगोगिता अन्तर्गत महिला एकल खुलामा आर्मीका खेलाडीले दबदबा जमाएका छन् । पहिलो खेलमा आर्मीकी नक्शलदेवी तामाङले भुटानकी थिन्ले डेमालाई २१–१०, २१–५ को सेटमा हराउँदै क्वार्टर फाइनलमा पुगिन् । अन्य खेलमा आर्मीकै रसिला मर्हजनले इलामकी सुलोचना भट्टराईलाई, २१–८, २१–११, आर्मीकी अनुमाया राईले जेष्ट ब्याडमिन्टनकी सिता राईलाई २१–१६, २१–१९, आर्मीकै अतिमा गिरीले कैलालीकी प्रथा देउवालाई २१–११, २१–१० ले पाखा लगाईन् । अर्को खेलमा श्रीलंकाकी दिल्मी दियसले नेपालकी यसिका गुरुङलाई २१–९, २१–१२ ले तथा एपीएफकी सोभा गौचनले भुटानकी इडिनलाई २१–१३, २१–१० ले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाए ।

जोसेफ र सुमन अन्तिम आठमा

पुरुष डबल्स खुलातर्फ एपीएफ क्लबका जोसेफ अधिकारी र सुमन लिम्बु क्वार्टरफाइनलमा प्रवेश गरेका छन्् । जोसेफ र सुमनले एपीएफकै पंकज चन्द र इन्द्र महताको जोडीलाई सोझो सेटमा पछि पारे ।

सोही स्पर्धाको अन्य खेलमा आर्मीका रन्तजीत तामाङ र नविन श्रेष्ठको जोडीले पुलिसका गौतम कठायत र दिपक बोहोरालाई सोझो सेटमा हराए । अर्को खेलमा पाकिस्तानका अजिम सरवार र इरफान सयद भाटीले ललितपुरका विमल श्रेष्ठ र प्रविन लिङथेकलाई सोझो सेटमा हराए । भारतका जुम्ल्याहा दाजुभाई अन्जन र रन्जन बुरागाईको जोडीले एपीएफका विशाल प्रधान र विजित थापामगरको जोडीलाई सोझो सेटमा पराजित गरे । अर्को खेलमा एपीएफका इरफाल अन्सारी र सुदिप सेडाईको जोलीले सुनसरीका विशन राई र प्रकाश राईको जोडीसँग वाकओभर पाए ।

पुरुष एक्जुकेटिभ एकल

यसैगरी पुरुष एक्जुकेटिभ एकलमा कामना विकाशका विशाल खड्का, न्यु विएसका अभिषेक गुरुङ, एभरेष्ट फुडका विश्वास नेपाल, आरएस कन्ट्क्सनका रजिन खड्का, बतास इन्भेष्टका रोमनविक्रम शाह, ग्राउनका विवेक जिसी, सेन्ट जेभियरका सुनिल बाराही र लायर फर्माका गणेश रायमाझी आआफ्नो प्रतिद्वन्द्ीलाई हराउँदै क्वार्टरफाइनलमा पुग्न सफलल भए ।

पुरुष एक्जुकेटिभ डबल्स

यसैगरी पुरुष एक्जुकेटिभ डबल्सतर्फ विशाल बस्नेत र विशाल खड्काको जोडी, ज्ञानेन्द्र पौडेल र राजु प्रसाद गुप्ताको जोडी, राजिव दाहाल र विमल श्रेष्ठको जोडी, विकाश मर्हजन र प्रदिप मर्हजनको जोडी, पंकज ज्ञवाली र विश्वास नेपालको जोडी, रामकुमार वानिया र श्याम पराजुलीको जोडी, सन्तोस भट्टराई र दिनेश राईको जोडी तथा रजिन खड्का र विवेक जिसीको जोडीले क्वार्टर फाइनलमा स्थान बनाए ।

पुरुष कर्पोरेट डबल्स

प्रतियोगिता अन्तर्गत पुरुष कर्पोरेट डबल्सतर्फ स्पीड इनर्जीका विरेन्द्र सिंह विष्ट र श्याम पराजुरीको जाडीे, समय सेभिङका सुक्रराज थिङ र राम बहादुर बैजुको जोडी, भिम बहादुर गुरुङ र कर्ण बहादुर शाहीको जोडी, भ्यालीरुद्र बहादुर थिङ र राजिव दाहालको जोडी, तेज बहादुर चन्द र हरि बहादुर सिटौलाको जोडी, दिलिप गौचन र जीवन प्रकाश लिम्बुको जोडी, हरि प्रसद शर्मा र पुष्पराज तम्राकार तथा दिप आचार्य र पंकज ज्ञवालीको जोडी क्वार्टर फाइनलमा पुग्न सफल भए ।


प्रतिक्रिया दिनुहोस

Loading...