नेपालका शीर्ष खेलाडीको दबदबा

अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा नेपालका शीर्ष खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पुरुष एकलको खेलमा नेपालका नम्वर एक खेलाडी त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलगायतका खेलाडीले सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलमा नेपाली खेलाडी बाहेक, भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।भारतका जुम्ल्याहा दाजुभाइ अन्जान बुरागोहिन र रञ्जन बुरागोहिन दुवैले सफलता हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै पाकिस्तानका मुराद अलि र श्रीलंकाका रन्ठुस्का करुणाथिलाके पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

पुरुष एकलमा नेपाल पुलिस क्लबका गौतम कायस्थ, विष्णु कटुवाल र दिपेश धामीले आ–आफ्नो खेलमा सफलता हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ, प्रज्वल महर्जन र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका विजित थापा मगर, निरविक्रम देवकोटा, साजन ताम्राकार, सुमन लिम्बू र सुदिव सेढाईं पनि अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी मेन्स एक्जुकेटिभ डबल्समा विशाल बस्नेत र विशाल खड्का, नारायण गौतम र अभिषेक गुरुङ, राजुप्रसाद गुप्ता र ज्ञानेन्द्र पौडेल, घनश्याम भट्ट र जेवी चन्द, राजीव दाहाल र विमल श्रेष्ठ, वीरु केसी र राजकुमार गुरुङ, विकास महर्जन र प्रदीप महर्जन, नवराज आचार्य र हरिबहादुर सिटौलाको जोडीले आ–आफ्नो खेलमा विजय हासिल गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

यसैगरी महिला एकलमा पनि शीर्ष वरियता खेलाडीले आफ्नो प्रभाव कायम राखेका छन् । आर्मीकी नङ्सल तामाङ, इलामकी सुलोचना भक्तराज, आर्मीकी रसिला महर्जन, आर्मीकै अनुमाया राई र जेस्ट ब्याडमिन्टनकी सीता राई पहिलो चरणको खेलमा जित हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी रुपन्देहीकी पूजा विष्ट, एपीएफकी शोभा गौचन, सीमा राजबंशी, शिखर ब्याडमिन्टनकी सरस्वती बोहरा, आर्मीकी अमिता गिरीले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै भुटानकी थिन्ले डेमो र इडन र श्रीलंकाकी दिल्मी दियासले पनि आ–आफ्नो खेल जित्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । महिला एकलमै बाँकेकी सम्झना शर्मा र जेस्ट ब्याडमिन्टन एकेडेमी सुनैना मुखियाँ भने क्वार्टरफाइनलमा प्रवेश गरिसकेकी छिन् ।

मेन्स एक्जुकेटिभ डबल्समै जीवन थापा र दीलिप गौचन, पंकज केसी र विवस नेपाल, श्यामबहादुर महर्जन र नविन महर्जन, रामकृष्ण बानियाँ र श्याम पराजुली, सुभाष उलक र अरुण बलामी, सन्तोष भट्टराई र दिनेश राई, शम्भू भट्टराई र डीवी रायमाझी एवं रोदिन खड्का र विवेक जीसीको जोडी पनि अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी मेन्स कर्पोरेट डबल्समा रञ्जित बराल र अङ्गराज पौडेल, जयप्रसाद दाहाल र चन्द्रबहादुर लिम्बू, शुक्रराज थिङ र रामबहादुर बज्यो, भीमबहादुर गुरुङ र कर्णबहादुर शाही, विजेन्द्रप्रसाद श्रेष्ठ र रमेशबहादुर सुनुवार, हरिओम गुप्ता र हेमन्त अग्रवाल, विक्रमराज गौतम र नरेन्द्रबहादुर थापा, तेजबहादुर चाङ र हरिबहादुर सिटौला आ–आफ्नो खेलमा जित हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवशे गरेका छन् ।

मेन्स कर्पोरेट डबल्समै रुद्रबहादुर थिङ र राजीव दाहाल, दीलिप गौचन र जीवनप्रकाश लिम्बू, मिलन थापा र शुक्र पाख्रिन, हरिप्रसाद श्रेष्ठ र पुष्पराज ताम्राकार, मोहन योञ्जन र विजय लामा तथा दीप आचार्य र पंकज ज्ञवाली पनि प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी मेन्स एक्जुकेटिभ सिंगल्समा जीवन परियार, अभिषेक गुरुङ, विजेन्द्रलाल श्रेष्ठ, विवस नेपाल, रजिन खड्का, सुरेन्द्रसिंह कार्की, रमनविक्रम शाह, जेवी चन्द र जीवनप्रकाश लिम्बू प्रिक्वार्टरफाइनलमा प्रवेश गरे । आइतबार ५९ वटा खेल सञ्चालन भएको प्रतियोगिताका रेफ्री लवभक्त श्रेष्ठले जानकारी दिए । रेफ्री श्रेष्ठका अनुसार सोमबारबाट ६ वटै इभेन्टको प्रिक्वार्टरफाइनलका खेल सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...