बुद्ध जयन्तीमा हाम्रो नेपाल सिटी म्याराथुन

काँकरभिट्टा । बुद्ध जयन्तीलाई लक्षित गरी झापाको काँकरभिट्टामा सिटी म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो नेपाल नामक फेसबुक ग्रुपको आयोजनामा उक्त दौड सम्पन्न भएको हो । दौडमा २ सय बढीले सहभागिता गरेका थिए । जसमा पुरुष, महिला र बालबालिकाको लागि छुट्टाछुट्टै तीन समूह रहेको थियो । पूरुष तर्फबाट हर्कदिप लुवागुन प्रथम याङ्गदेव राई द्वितिय र कुमार डाँगी तेस्रो भएका थिए । उनीहरुले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद तथा ट्रफि र प्रमाणपत्र पाएका थिए ।

त्यस्तैगरी महिला तर्फ प्रज्ञा कुटुवाली, सृष्टी खड्का र सलिना लिम्बु क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । उनीहरुलाई ७ हजार, ४ हजार र २ हजार नगर साथै प्रमाणपत्र वितारण गरिएको थियो । त्यसैक्रममा उदयमान धावकका रुपमा प्रदिप चौधरी, करुण दाहाल र निखिल शाहलाई पुरस्कृत गरिएको थियो । विजयी धावकहरुलाई धर्मोदय सभाका अध्यक्ष दिनेश शाक्यले समेत ३ हजार , २ हजार र १ हजार क्रमशः पहिलो , दोस्रो र तेस्रोलाई प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा प्रमूख अतिथि समाजसेवीद्धय विमल आर्चाय, विष्णु प्रसाँई, झापा जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष शंखर थापा र राकेश भुजेल लगायतले कार्यक्रममा बोल्दै बुद्ध जयन्तीको शुभकामना तथा विजयी धावकहरुलाई बधाई दिनुभएको थियो । दौड प्रतियोगिताका सहभागी धावकहरुको लागि २ सय थान टि सर्ट स्थानिय युवा बालकृष्ण थापा मगरले उपलब्ध गराउनु भएको थियो ।

फेसबुक ग्रुप हाम्रो नेपालले यस अघि अनाथ बालबालिकाहरुको सहयोगको लागि काँकरभिट्टामा साँगीतिक कार्यक्रम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...