बालिकाले जितिन ५ कि.मि. दौड

महिला म्याराथन २०७४ अन्तगत भएको ५ कि.मि. दौडको उपाधी बालिका के.सी.ले जितेकी छिन् । बालिकाले ४५० खेलाडीहरुलाई पछाडी पार्दै उक्त दूरी १६ मिनट ४९.०९ सेकेन्डका साथ पुरा गरेकी हुन् । उनले नगद २० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । दोश्रो स्थानमा रहेकी मिना घले बालिका भन्दा ५.४७ सेकेन्डले पछि परिन् । उनले १६ मिनट ५४.५६ सेकेन्डमा दूरी पार गरिन् । तेश्रो स्थानमा रहेकी देवीकला गुरुङ्गले १७ मिनट २८.२१ सेकेन्डमा दुरी पुरा गरिन् । दोश्रो र तेश्रो हुनेले नगद १५ र १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

काठमाण्डौ महानगरपालिका २ वडा लाजिम्पाटस्थित फ्रेन्डस अफ लाजिम्पाटको आयोजनामा भएको दौड महिलाहरुलाई खेलकुदमा लाग्न प्रोत्साहन गर्ने उद्धेश्यले ओमेन अवेरनेश ईन स्पोर्टस् भन्ने नाराका साथ आयोजना गरिएको क्लबका अध्यक्ष पवन तिमल्सिनाले जानकारी गराए ।

दौडमा वडा नं. २ र विभिन्न संघ सस्थाका अव्यवसायीक ४५० महिला तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । जसमा ६ बर्षिया बालिका अंकिता नकर्मीले समेत प्रतिस्पर्धामा सहभागीता जनाई दौड पुरा गरेकी थिईन् । त्यस वापत उनले नगद २ हजार प्राप्त गरिन् ।

दौडको महामहिम उप–राष्ट्रपती नन्द बहादुर पुनले उदघाटन गरेका थिए । दौड लाजिम्पाट चोकबाट सुरु भई पानिपोखरी, महाराजगंज, टिचिङ्ग अस्पताल, धारा हुदै पुनः लाजिम्पाट आएर सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...