लाङटाङ म्याराथन: आर्मीका होम र सरितालाई उपाधि

१२ बैशाख / काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका होमलाल श्रेष्ठ र सरिता बासीले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि जितेका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा लाङटाङमा मंगलबार भएको म्याराथनमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सरिता बासीले उपाधि जितेका हुन् ।

होमलालले निर्धारित दुरी ३ घण्टा ३४ मिनेटमा पुरा गरेका थिए । ३ घण्टा ३७ मिनेटको समयमा दौड पुरा गर्दै राजन खत्रीले दोस्रा भए । ३ घण्टा ३८ मिनेटको समय निकालेका वेद बहादुर सुनुवारले तेस्रा भए । पुरुषतर्फ आर्मीकै खेलाडी शीर्ष तीन भित्र पर्न सफल भए ।

आर्मीकी सरिताले ५ घण्टा १३ मिनेट २० सेकेन्डमा दुरी गरेकी थिइन् ।

आर्मीकै रेसु बस्नेतले ५ घण्टा १६ मिनेट ४५ सेकेन्डका मा दुरी पुरा गरिन् । एपीएफ क्लबकी पुष्पा भण्डारीले ५ घण्टा २८ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रा भइन् । दुवैतर्फको विजेताले समान एक लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैंया प्राप्त गरे । म्याराथनमा १० विदेशीसहित महिला र पुरुष गरि १ सय २ जना धावकहरुले सहभागिता थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुबेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथनको आयोजना गरिएको टानले जनाएको छ ।

म्याराथन लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भई लाङटाङ गाउँ हुँदै थाङस्याप घाडा, तवेला, लामा होटल,रिम्चे, शेर्पागाउँ, खान्जिम, ब्रिदिम र लिङलिङ हुँदै स्याब्रुबेशीमा पुगेर सकिएको थियो। गएको वर्ष गोसाइकुण्डबाट रसुवा सदरमुकामसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथन आयोजना भएको थियो ।

दुई वर्षअघि वैशाख १२ गते गएको महा भूकम्पले लाङटाङ क्षेत्रमा क्षति गरेपनि हाल उक्त क्षत्र सुरक्षित रहेकाको सन्देश विश्वभरि फैल्याउन म्याराथन आयोजना गरिएको टानले जनाएको छ ।

तस्विर: उज्यालो अनलाईन 


प्रतिक्रिया दिनुहोस

Loading...