नेपाली धावक भीमबहादुर गुरुङ FWD नर्थ पोल म्याराथनमा दोस्रो

नेपाली धावक भीमबहादुर गुरुङ नर्थ पोल म्याराथनमा दोस्रो भएका छन।


अर्का धावक समिर तामाङ तेस्रो भएका छन।

आईतवार सम्पन्न उक्त म्याराथन पोल्यान्डका पिओर सुचेनियाले जिते। उनले ४ घण्टा ६ मिनट ३४ सेकेन्डको समय निकाले।

नेपाल आर्मीका गुरुङले ४ घण्टा १८ मिनट ५० सेकेन्डको समय निकाले भने समिर तमाङले ४ घण्टा ३१ मिनट २३ सेकेन्ड को अवधीमा म्यराथन पुरा गरे।

नर्थ पोल म्याराथन संसारकै सबै भन्दा चिसो ठाँउमा हुने म्याराथन मानिन्छ।


प्रतिक्रिया दिनुहोस

Loading...