अभिषेक र सरितालाई स्वर्ण

बुढानीलकण्ठका अभिषेक खड्का र विजेश्वर ज्ञान मन्दिरकी सरिता इटनीले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ २ सय मिटर दौडमा शनिबार स्वर्ण जितेका छन् ।

छात्रमा अभिषेकले निर्धारित दूरी २५.७ सेकेन्डमा पूरा गरे । छात्रामा सरिताले दूरी तय गर्न ३२ सेकेन्ड समय खर्चिन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडको छात्रमा आरुणीका जगत नेपाली र छात्रामा विजेश्वरीकी सुनीता श्रेष्ठ, ३ हजार मिटर दौडको छात्रमा नेपाल एपीएफका सुजित यादव र छात्रामा सीतापाइला उमाविकी भूमि बुढा मगर, ट्रिपलजम्पको छात्रमा बुढानीलकण्ठका अभिषेक खड्का र छात्रामा विजेश्वरीकी सरु खवास तथा सटपुटको छात्रमा ब्राइट होराइजनका मिङमार ग्याल्जेन र छात्रामा विजेश्वरीकी निशा भुजेलले स्वर्ण हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...