सुमनलाई पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी

काठमाडौ (खेलदैनिक) । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधीसँगै उनले नगद ५० हजार हात पारेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो बने । दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो बनिन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरीन् । रसिलाले उपाधिसहित नगद ५० हजार प्राप्त गरिन् । सिन्धुपाल्चोककी नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पुरा गर्दै दोश्रो स्थान हासिल गरिन् भने तेस्रो, चौँथो र पाँचौ स्थान क्रमशः प्युठानकी संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पार्न सफल भए ।

त्यस्तै सिन्धुपाल्चोकको सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिब सुर्यलाल भन्डारिले बताए ।

जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताए । म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको आयोजना गर्ने खेलकुद परिषदले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...