पेनक्रिएसनको सेमिनार सम्पन्न

काठमाडौं (खेलदैनिक) । नेपाल पेनक्रिएसन एथ्लिमा संघको आयोजनामा रेफ्री तथा टेक्निकल सेमिनार बुधबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा १६ जना सहभागी थिए ।

सहभागीलाई मुख्य प्रशिक्षक स्वयम्भूराज डंगोलले प्रशिक्षण दिएका थिए । पुनर्ताजकीका साथै नयाँ नियम बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ ।

मंसिर ४ गते मत्छेगाउँमा हुने राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरी सेमिनार आयोजना गरिएको मुख्य प्रशिक्षक डंगोलले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...