क्राउन प्लाजा एनएनआईपीए अवार्डको हस्पिटिलिटी पार्टनर

काठमाडौं (खेलदैनिक) । नक्सालस्थित होटल क्राउन प्लाजा एनएनआईपीए स्पोर्ट्स अवार्डको हस्पिटिलिटी पार्टनर बन्ने भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटल ग्रुपका चेयरम्यान युवराज श्रेष्ठले बुधबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार क्राउन प्लाजाले अवार्डमा सहभागी हुने उपत्यका बाहिरका खेलाडीका लागि निशुल्क खाना र बस्न प्रबन्ध मिलाउने छ ।

चेयरम्यान श्रेष्ठले खेलाडीको अवार्डसंग जोडिन पाउँदा खुशी लागेको बताए । अध्यक्ष श्रेष्ठले पहिलो भेटमै प्रस्ताव स्वीकार गरी अवार्डलाई सहयोग गरेकोमा धन्यवाद दिए । विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने अवार्डको १५ औं संस्करण फागुन ८ गते मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...