एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (खेलदैनिक) । बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भइ २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।

जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्प भण्डारीले ऐतिहासिक स्वर्ण जितिन् । नेपाली एथलेटिक्सको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको पहिलो हो । पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता हुन् । पुरुषमा १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए ।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे । नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाइमार्गबाट आएको थियो । कोलकात्ताबाट खराब मौसमका कारण उडान डिले भएपछि टोली स्थलमार्गबाट बागडोगरा हुँदै झापाको भद्रपुर आएको थियो ।

भद्रपुरदैखि हवाइमार्गबाट टोली बुधबार काठमाडौं आएको हो । नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टड विमानमा गएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...