छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

काठमाडौं (खेलदैनिक) । छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) टुडिँखेलमा शुक्रबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा रहेका थिए ।

तीन विधामा सम्पन्न प्रतियोगितामा टेन पेकिङ, शोजम्प र हाइजम्प रहेका थिए । जसमध्ये हाइजम्पतर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

त्यसैगरी शोजम्पतर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

प्रदर्शन खेल अन्र्तगत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए ।

यस प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो । सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...