१४औं सागको आयोजक राष्ट्र टुँगो लाग्यो

काठमाडौं (खेलदैनिक) । सन् २०२१ को दक्षिण एसियाली खेलकुद (साग) को आयोजना पाकिस्तानले गर्ने भएको छ । १२औं साग भारतको गुवाहाटीमा सम्पन्न भएको थियो भने १३औं साग नेपालले सफलताका साथ सम्पन्न गरेको छ ।

दक्षिण एसियाली ओलम्पिक कमिटीको काठमाडौंमा बसेको बैठकले १४औं साग आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिंदै १३औं सागको समापन सुखद रुपमा गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...