१३औं सागः ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ५००० मिटर दौडमा नेपालले थप दुई पदक जित्न सफल भएको छ ।

शुक्रबार बिहान भएको खेलमा गोपीचन्द्र पार्कीले नेपालका लागि स्वर्ण पदक जितेका हुन् । गोपीचन्द्रले सो दुरी १४ मिनेट ५४.२० सकेन्डमा पार गरेका थिए ।

त्यस्तै रजत पदक भने भारतले हात पार्दा कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य पदक जित्न सफल भएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...