एथलेटिक्समा नेपाललाई पहिलो स्वर्ण

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)तर्फ नेपालले एथलेटिक्समा पहिलो स्वर्ण पदक जित्न सफल भएको छ । शुरुवाती पदक जिताउने क्रममा नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटरमा आफ्नो सफलताको झण्डा गाडीन् ।

सन्तोषीले निर्धारित दुरी ३५ मिनट ७.१४ सेकेण्डमा पूरा गरीन् । सो स्पर्धामा भारतकी कविता यादवले रजत पदक जितिन् भने श्रीलंकाकी निलन्थी लंकाले काँस्य जितिन् ।

यो जितसँगै नेपालको जारी सागमा स्वर्ण पदकको संख्या २० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...