१३औं सागः १५०० मिटरमा टंकले दिलाए काँस्य

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको १५०० मिटर पुरूष दौड प्रतियोगितामा नेपालका लागि टंक कार्कीले कास्य पदक जितेका छन् ।

उता स्वर्ण र रजत दुवै पदक भने भारतले आपनो कब्जामा पारेकोछ । स्वर्ण भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...