नेपालको दोहोरो जित

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोमा नेपालले दोहोरो जित हात पारेको छ । खो खेलको पहिलो दिन आइतबार नेपालको पुरुष–महिला दुवै टोलीले विजयी सुरुआत गर्यो ।

कीर्तिपुरको नयाँ बजार भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित गर्यो । महिलामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो ।

भारतले पनि दोहोरो जितका साथ यात्रा प्रारम्भ गरेको छ । पुरुष÷महिला दुवैमा भारतले श्रीलंकालाई पन्छायो । पुरुषमा भारत २१–८ तथा महिलामा ३२–४ ले विजयी भयो ।

पुरुष–महिला दुवैमा समान ४–४ राष्ट्र सहभागी छन् । चारै टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविनमा शीर्ष १ र ३ तथा २ र ४ मा रहने टिमले सेमिफाइनमा पुनः प्रतिस्पर्धा गर्ने छन् । फाइनल डिसेम्बर ४ मा हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...