दोस्रो महर्षि म्याराथन शनिबार 

१२ फागुन / ‘दोश्रो महर्षि अन्तर स्कुल म्याराथन च्याम्पियनसिप २०७३’ शनिबार हुने भएको छ । सामाखुसीस्थित महर्षि स्कुलको बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको च्याम्पियनसिपमा छात्र र छात्रा तर्फ गरि २२ स्कुलका ३०० खेलाडीहरुको सहभागिता रहने संयोजक हरिबहादुर थापा मगरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

म्याराथन भनिएता पनि बिद्यार्थीहरुले म्याराथनको दूरी पुरा गर्न कठिन हुने भएकोले ५ कि.मि. दुरीको प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल हरि प्रसाद देवकोटाले बताए । आगामी दिनमा यस प्रतियोगितालाई म्यारथनको पुरा दूरीमानै आयोजना गरिने समेत देवकोटाले बताए । प्रतियोगितामा १६ बर्ष मुनीका बिद्यार्थी खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । स्कुल प्राङ्गणबाट सुरु भई विभिन्न स्थानको दौड पश्चात स्कुलमै आई प्रतियोगिता सम्पन्न गरिने बिज्ञप्तीमा जनाईएको छ ।

बिद्यालय स्तरबाट नै खेलाडीहरुमा रहेको प्रतिभालाई प्रतिस्पर्धाको माध्ययमले प्रष्फुटन गर्दै म्याराथन खेल प्रति आकर्षण गर्ने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने तथा स्वस्थ नागरिक उत्पादन गर्ने बिद्यालयको लक्ष रहेको स्कुलका प्रिन्सिपल हरि प्रसाद देवकोटाले बताए ।

पहिलो संस्करणमा गुरुकुलका शिशिर वाईवा र प्रिती तामाङ्गले प्रथम स्थान हात पारेका थिए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्रका अलावा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारले सम्मान गरिेने सम्मेलनमा जानकारी गराईयो ।

गै¥ह आवासीय नेपालीहरु द्वारा संचालित बिद्यालयले बिद्यार्थीहरुको सर्वागिण विकाशका लागि आधुनिक प्रविधिको उपायोग संगै ब्यावहारिक शिक्षा र अतिरिक्त क्रियाकलापको फ्युजनबाट राष्ट्रप्रेमी तथा स्वावलम्बी जनशक्ति उत्पादन गर्ने दिशामा बिद्यालय अग्रसर रहेको संचालक समितिका अध्यक्ष प्रकाश चन्द्र दवाडीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...