नेपाली धावक धर्मले चर्चित बोस्टन म्याराथनमा दौडने

बोस्टन म्याराथनमा भाग लिन जान लागेका वैकुण्ठ मानन्धर (बायाँ) र धर्म महर्जन ।

काठमाडौं (खेलदैनिक) । नेपाली धावक धर्म महर्जनले संयुक्त अधिराज्य अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन् ।

उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन् ।

उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली मंगलबारै बोस्टन प्रस्थान गरेको छ ।

बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ । अहिले हुन लागेको म्याराथन १२३ औं संस्करण हो । बोस्टन म्याराथन बैशाख २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...