
काठमाडौं (खेलदैनिक) । हङकङमा जारी एसियन युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित कुमार यादवले ऐतिहासिक स्वर्ण पदक जितेका छन् ।
यस प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलोपटक समेत हो । अजितले ऐतिहासिक स्वर्ण जित्ने क्रममा भारत र यमनका खेलाडीहरुलाई पराजित गरे ।
३०० मिटरको यो स्पर्धामा अजित पछि भारतका अमित जंगीरले दोस्रो स्थान हासिल गरे भने यमनका गमिल अल–हमाती तेस्रो भए ।
