सिर्जनाले हङकङको गोर्खा ट्रायलमा भिड्ने


गोर्खा ट्रायल ब्लेजरमा सहभागी हुने नेपाल टोली बिदाइपछि सदस्य–सचिव केशवकुमार विष्ट (बीच) संग तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । गोर्खा ट्रायल ब्लेजर– २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङतर्फ प्रस्थान गर्दैछिन् ।

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छिन् । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ जाँदैछन् । टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...