अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

सम्मानित पेताङ खेलाडी ।

काठमाडौं (खेलदैनिक) । पेताङ फेडरेसन अफ नेपालले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । थाइल्यान्डको कराबीमा गत जुलाईमा भएको थाइल्यान्ड आमन्त्रण पेताङ च्याम्पियनसिपको महिला टिम इभेन्टमा कांस्य जितेका रञ्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठ सम्मानित भए ।

डिसेम्बर १ देखि ४ तारिखसम्म भारतको नयाँदिल्लीमा भएको एसियन ओसिएना बोसे च्याम्पियनसिपका कांस्य विजेतालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । डबल्समा टेकराज जोशी र राजेन्द्र जोशी, सिंगल्समा क्षितिज खराल तथा मिक्समा खराल र सुष्मा उपाध्यायले कांस्य जितेका थिए ।

थाइल्यान्डकै प्रतियोगिताका दौरान भएको प्रशिक्षक तालिममा उत्तीर्ण हुन सफल अभिषेक भारी पनि सम्मानित भए । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...