बिश्वरुपा र गोपीचन्द्रले जिते स्वर्ण

१० हजार मिटरको दोैममा अग्रस्थानमा रहेर दौड पुरा गदै गोपीचन्द्र ।

काठमाडौं (खेलदैनिक) । राखेप च्याम्पियनशिप ४२ औ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तरगत बिश्वरुपा बुढा र गोपीचन्द्र पार्कीले दश हजार मिटर दौडमा स्वर्ण जितेका छन् ।

आईतवार भएको महिलातर्फको १० हजार मिटरको महिलातर्फको उद्घाटन खेलमा आर्मीकी बुढाले ३७ मिनेट २९.५९ सेकेन्डमा दौड पुरा गदै स्वर्ण जितेकी हुन् । त्यस्तै एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी ३२ मिनेट २०.८ सेकेन्डमा पुरा गदै स्वर्ण हात पारे ।

महिला स्पर्धामा आर्मीकी रेशु बस्नेत दोश्रो हुदा एपीएफकी बिन्द्रधन्के श्रेष्ठ तेश्रो भईन् । पुरुष स्पर्धामा आर्मीका गजेन्द्र राई दोश्रो हुदा टिका राज कटुवाल तेश्रो भए ।

महिलातर्फको १०० मिटरको बाधा दौड(हडल्स)मा मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले १७.६५ सेकेन्टमा दौड पुरा गदै स्वर्ण जितिन् । आर्मीकी तुलसा श्रेष्ठ र तुलसा खत्री दोश्रो र तेश्रो भए ।

महिलातर्फको आईजम्पमा एपीएफकी टिला चौधरीले १ मिटर ४४ सेमि उडान भर्दै स्वर्ण जितिन् । पुरुषतर्फ आर्मीकै सुर्यवहादुर खत्रीले स्वर्ण जिते । उनले १ मिटर ८८ सेन्टिमिटरको उडान भरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...