पुलिसको जागिर छाड्दै किर्तिमानी केशरी दुबईतर्फ प्रस्थान

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा केशरी । (तस्विर उनको फेसबुकबाट)

काठमाडौं (खेलदैनिक) । नेपाली एथलेटिक्स जगतकी किर्तिमानी खेलाडी तथा अलराउण्ड क्रिकेटर केशरी चौधरीले नेपाल पुलिसको जागिर छाड्दै विदेशतर्फ लागेकी छिन् ।

हाइजम्प, लङजम्प, ट्रिपल जम्प, हर्डल्स राष्ट्रिय च्याम्पियन समेत रहेकी चौधरीले नेपाल पुलिसमा राजिनामा दिएर दुबईतिर लागेकी हुन् । यी चारै विधामा उनको राष्ट्रिय किर्तिमान छ ।

केही समय यता चोटका कारण लयमा नरहेकी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा पनि सोंचेअनुसार प्रदर्शन गर्न सकेकी थिईनन् ।

लामो समयदेखि प्रहरीको जागिरमा पनि बढुवा नहुनु र आफ्नो खस्कदो प्रदर्शनका कारण पनि केशरीमा निराशा पैदा गरेको धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...